कोरोनाको औषधि भन्दै विष पिउँदा इरानमा ६ सयको मृत्यु « Khabarhub

कोरोनाको औषधि भन्दै विष पिउँदा इरानमा ६ सयको मृत्यु


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा यसको उपचारको लागि पनि विभिन्न औषधिहरुको परीक्षण गर्न थालिएको छ ।

पछिल्लो समय डाक्टरहरुले अन्य रोगको उपचारको लागि प्रयोग गरिने केही औषधिहरुलाई पनि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न थालेका छन् । तर, इरानमा भने कोरोनाभाइरसको औषधि भन्दै यस्तो रसायनको बारेमा प्रचार गरियो जसका कारण ६ सय जनाभन्दा धेरैले ज्यान गुमाउनुपरेको छ ।

इरानमा अहिलेसम्म कोरोनाभाइरसको कारण ३ हजार ८ सय जनाको ज्यान गएको छ । तर, यही देशमा विषालु अल्कोहल पिउँदा ६ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

यो अल्कोहलका कारण ३ हजार जनाभन्दा धेरै अस्पताल पुगेका छन् । डेलिमेलले उल्लेख गरे अनुसार मंगलबार इरान सरकारका एक प्रवक्ता घोलम हुसैनी इस्माइलीले यहाँका नागरिकहरुले कोरोनाभाइरसको औषधि सम्झेर ‘नीट’ अल्कोहल पिएको बताएका छन् ।

यो अल्कोहलका कारण यहाँ ठूलो संख्यामा मानिहरु बिरामी भए । इस्माइलीका अनुसार विषालु अल्कोहल पिएका कारण ज्यान गुमाउनेहरुको संख्या निकै धेरै छ । यो संख्या आफ्नो आशंकाभन्दा पनि धेरै भएको उनले बताए ।

उनले भने ‘अल्कोहल पिएर रोग ठिक हुँदैन बरु यो उल्टै प्राणघातक हुन सक्छ ।’ तस्निम न्यूजसँग कुरा गर्दै उनले यो मामिलामा कैयौं व्यक्तिहरुलाई गिरफ्तार गरिएको पनि बताएका छन् । उनीहरुविरुद्ध आपराधिक गतिविधिको लागि मुद्दा चलाइने उनले बताए ।

कोरोनाभाइरसका कारण इरानमा ६२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । तर, इरानको तर्फबाट कोरोनाभाइरसका विषयमा जारी गरिएका तथ्यांकमाथि प्रश्न उठिरहेका छन् ।

सरकारले मृतकको संख्या कम गरेर देखाएको आरोप लागेको छ । इरानको संसदका कम्तिमा ३१ सदस्य पनि संक्रमित भेटिइसकेका छन् ।

कोरोनाभाइरसको प्रकोपका कारण संसद बन्द गरिएको थियो जुन मंगलबारदेखि पुनः सुचारु गरिएको छ । विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या १४ लाख ३२ हजार नाघिसकेको छ । विश्वभर मृत्यु हुनेको संख्या ८२ हजारभन्दा धेरै भइसकेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : १० बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको