कोरोनाको औषधि भन्दै विष पिउँदा इरानमा ६ सयको मृत्यु | Khabarhub Khabarhub

कोरोनाको औषधि भन्दै विष पिउँदा इरानमा ६ सयको मृत्यु


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा यसको उपचारको लागि पनि विभिन्न औषधिहरुको परीक्षण गर्न थालिएको छ ।

पछिल्लो समय डाक्टरहरुले अन्य रोगको उपचारको लागि प्रयोग गरिने केही औषधिहरुलाई पनि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न थालेका छन् । तर, इरानमा भने कोरोनाभाइरसको औषधि भन्दै यस्तो रसायनको बारेमा प्रचार गरियो जसका कारण ६ सय जनाभन्दा धेरैले ज्यान गुमाउनुपरेको छ ।

इरानमा अहिलेसम्म कोरोनाभाइरसको कारण ३ हजार ८ सय जनाको ज्यान गएको छ । तर, यही देशमा विषालु अल्कोहल पिउँदा ६ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

यो अल्कोहलका कारण ३ हजार जनाभन्दा धेरै अस्पताल पुगेका छन् । डेलिमेलले उल्लेख गरे अनुसार मंगलबार इरान सरकारका एक प्रवक्ता घोलम हुसैनी इस्माइलीले यहाँका नागरिकहरुले कोरोनाभाइरसको औषधि सम्झेर ‘नीट’ अल्कोहल पिएको बताएका छन् ।

यो अल्कोहलका कारण यहाँ ठूलो संख्यामा मानिहरु बिरामी भए । इस्माइलीका अनुसार विषालु अल्कोहल पिएका कारण ज्यान गुमाउनेहरुको संख्या निकै धेरै छ । यो संख्या आफ्नो आशंकाभन्दा पनि धेरै भएको उनले बताए ।

उनले भने ‘अल्कोहल पिएर रोग ठिक हुँदैन बरु यो उल्टै प्राणघातक हुन सक्छ ।’ तस्निम न्यूजसँग कुरा गर्दै उनले यो मामिलामा कैयौं व्यक्तिहरुलाई गिरफ्तार गरिएको पनि बताएका छन् । उनीहरुविरुद्ध आपराधिक गतिविधिको लागि मुद्दा चलाइने उनले बताए ।

कोरोनाभाइरसका कारण इरानमा ६२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । तर, इरानको तर्फबाट कोरोनाभाइरसका विषयमा जारी गरिएका तथ्यांकमाथि प्रश्न उठिरहेका छन् ।

सरकारले मृतकको संख्या कम गरेर देखाएको आरोप लागेको छ । इरानको संसदका कम्तिमा ३१ सदस्य पनि संक्रमित भेटिइसकेका छन् ।

कोरोनाभाइरसको प्रकोपका कारण संसद बन्द गरिएको थियो जुन मंगलबारदेखि पुनः सुचारु गरिएको छ । विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या १४ लाख ३२ हजार नाघिसकेको छ । विश्वभर मृत्यु हुनेको संख्या ८२ हजारभन्दा धेरै भइसकेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : १० बजे

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध