पाकिस्तानका ९ धर्मगुरु क्‍वारेन्टाइनमा « Khabarhub

पाकिस्तानका ९ धर्मगुरु क्‍वारेन्टाइनमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा बसेका पाकिस्तानका ९ धर्मगुरुलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले आहृवन गरेको लकडाउनका क्रममा मस्जिदमा बसेका नौ पाकिस्तानी धर्मगुरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

रौतहटको देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा प्रहरीको निगरानीमा राखिएका पाकिस्तानका धर्मगुरुहरु । गत चैत ४ देखि जिल्लाका विभिन्न मस्जिद, मदरसामा रहेका उनीहरुलाई देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा प्रहरीको निगरानीमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।

‘लकडाउनको समयमा मस्जिदमा बसेको थाहा पाएपछि नियन्त्रणमा लिएर त्यही क्वारेन्टाईनमा राखेका छौ,’ उनले भने, ‘सबैको स्वास्थ्य परीक्षण र स्वाब टेष्ट गर्छौ।’

एक महिनाअघि सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा उनीहरु नेपाल आएका थिए।

त्यहाँ कार्यक्रम सकेर रौतहटको हजमिनिया आएका उनीहरु चैत १८ देवाहीस्थित मस्जिदमा पुगेका थिए। पाकिास्तानका महम्मद यसुफ, जैनुल्लाह, सम्सुल्लाह खान, महम्मद फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाह एकसातादेखि मस्जिदभित्रै निगरानीमा क्वारेन्टाइन राखेको एसपी खड्काले बताए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ३७ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को