बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित « Khabarhub

बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा एकै दिन थप १३ जनाको ज्यान गएको छ ।

विहीबार यता २४ घण्टाको अवधिमा १३ जनाको ज्यान गएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

एकैदिन थप ७०६ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ४२५ पुगेको छ ।

बंगलादेशमा कोरोना संक्रमितमध्ये १ हजार ९१० जना उपचारपछि निको भएका छन् । १० हजार ३१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको तत्काल उद्दार गर्न नेपाल सरकारसँग माग गरेका छन् । कोरोनाको जोखम बढ्दै गएपछि आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले स्वदेश फर्काउन माग गरेका छन् ।

उनीहरुले सरकारले आफूहरुको उद्दारमा तदारुकता नदेखाएको भन्दै विहीबार विज्ञप्ति जारी गर्दै आजबाट रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

बंगलादेशमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीहरु

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ३९ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा