मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु, ६ हजार बढी संक्रमित « Khabarhub

मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु, ६ हजार बढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

मलेसियामा एकैदिन थप ३९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ४६७ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ७७६ जना उपचारपछि निको भएका छन् । १ हजार ५८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १९ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरेको छ । पछिल्लो समय मलेसियामा कोरानाको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०९ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध