अध्ययन समितिको निष्कर्ष : नेपालको अन्तर्राष्‍ट्रिय उडान असारसम्म असम्भव « Khabarhub

अध्ययन समितिको निष्कर्ष : नेपालको अन्तर्राष्‍ट्रिय उडान असारसम्म असम्भव


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको अन्तर्राष्‍ट्रिय उडान आगामी असारसम्म सञ्चालन असम्भव रहेको निष्कर्षसहित एक अध्ययन प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट नेपालको पर्यटन तथा नागरिक उडड्यन क्षेत्रमा परेको असर र त्यस क्षेत्रको पुनरूत्थानको सुझाव दिन मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा आगामी असारसम्म अन्तर्राष्‍ट्रिय उडान असम्भव रहेको सुझाव दिइएको छ ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्‍‍जय रेग्मी सदस्य थिए ।

समितिले पर्यटन र नागरिक उडड्यन क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी सरकारले ल्याउनुपर्ने राहत प्याकेजको विषय उल्लेख गर्दै प्रतिवेदन बुझाएको छ।

पर्यटन र नागरिक उडड्यन क्षेत्रसँग सम्बन्धित अन्तर्राष्‍ट्रिय संघसंस्थाले यो क्षेत्र कोरोना भाइरसको दुस्प्रभावबाट बाहिर निस्कन डेढदेखि दुई वर्ष लाग्‍ने बताएकाले सोहीअनुसारको राहत प्याकेजको सिफारिस गरिएको समितिका सदस्य एवं प्राधिकरणका महानिर्देशक पोखरेलले बताए।

पोखरेलका अनुसार पर्यटन र उडड्यन क्षेत्रको लगानी, आम्दानी, ऋणलगायत विषयलाई समेटेर विस्तृत अध्ययनसहित सरकारलाई प्रतिवेदन बुझाइएको हो ।

समितिले पर्यटन र उडड्यन क्षेत्रमा व्यवसायीहरूको ऋणको ब्याजमा सहुलियत दिन, ऋण तिर्ने म्याद थप गरिदिन, हवाई इन्धनको मूल्य घटाउनलगायत सुझाव दिएको छ।

हवाई कम्पनीहरूले आयल निगम र हवाई उडानको अनुमति लिँदा पर्यटन मन्त्रालयमा नगद ग्यारेन्टी राख्नुपर्ने व्यवस्थालाई बैंक ग्यारेन्टीमा परिवर्तन गर्न पनि उक्त समितिले सिफारिस गरेको छ। यस्तै, विमानस्थलको शुल्कमा पनि हवाई कम्पनीहरूलाई छुट दिन सिफारिस गरिएको पोखरेलले बताए।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : २० बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका