सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली शिखर तर्फ « Khabarhub

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली शिखर तर्फ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सगरमाथाको उचाइ नाप्नका लागि चिनियाँ टोली शिखरतर्फ गएको छ ।

चीनमा माउन्ट चोमोलङमा भनिने सगरमाथाको उचाइ नाप्नका लागि ३० भन्दा धेरै चिनियाँ सर्वेक्षण कर्ताले वेस क्याम्प छाडेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधवार त्यहाँको बेस क्याम्पबाट टोली शिखरतर्फ लागेको चाइना डेलीले जनाएको छ ।

यो मिशन संयुक्त रूपमा प्राकृतिक संसाधन मन्त्रालय, विदेश मन्त्रालय, चीनको खेल प्रशासन र तिब्बत स्वायत्त क्षेत्र को क्षेत्रीय सरकारद्वारा आयोजना गरिएको हो ।

टोलीमा प्राकृतिक स्रोत मन्त्रालयको पहिलो जियोडेटिकसर्भेइङ ब्रिगेड र चाइना पर्वतारोही समूह गरी दुई टोली छन्।

सर्भेयर टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण मापनका लागि ग्राभिमिटर, स्नो डेफ्थ राडर र मेट्रोलोजिकल मेजरिङ इन्स्ट्रुमेन्टको प्रयोग गरी सगरमाथाको उचाइको पुन मापन गर्ने समाचारमा जनाइएको छ ।

यस वर्ष तिब्बतमा उत्तरी मोहडाबाट पहिलो सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै छ भने चीनले सगरमाथाको उचाइ नापेको ४५ वर्ष पुग्दै छ ।

पछिल्ला केही दशकमा चीनले सगरमाथाको उचाइ मापनका लागि ६ वटा ठूला सर्भे गरिसकेको छ ।

चीनको पर्वतारोही टोलीले पहिलोपटक सन् १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव १३ मिटर मापन गरेको थियो ।

सन् २००५ मा चीनले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर मापन गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ०१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा