सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली शिखर तर्फ « Khabarhub

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली शिखर तर्फ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सगरमाथाको उचाइ नाप्नका लागि चिनियाँ टोली शिखरतर्फ गएको छ ।

चीनमा माउन्ट चोमोलङमा भनिने सगरमाथाको उचाइ नाप्नका लागि ३० भन्दा धेरै चिनियाँ सर्वेक्षण कर्ताले वेस क्याम्प छाडेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधवार त्यहाँको बेस क्याम्पबाट टोली शिखरतर्फ लागेको चाइना डेलीले जनाएको छ ।

यो मिशन संयुक्त रूपमा प्राकृतिक संसाधन मन्त्रालय, विदेश मन्त्रालय, चीनको खेल प्रशासन र तिब्बत स्वायत्त क्षेत्र को क्षेत्रीय सरकारद्वारा आयोजना गरिएको हो ।

टोलीमा प्राकृतिक स्रोत मन्त्रालयको पहिलो जियोडेटिकसर्भेइङ ब्रिगेड र चाइना पर्वतारोही समूह गरी दुई टोली छन्।

सर्भेयर टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण मापनका लागि ग्राभिमिटर, स्नो डेफ्थ राडर र मेट्रोलोजिकल मेजरिङ इन्स्ट्रुमेन्टको प्रयोग गरी सगरमाथाको उचाइको पुन मापन गर्ने समाचारमा जनाइएको छ ।

यस वर्ष तिब्बतमा उत्तरी मोहडाबाट पहिलो सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै छ भने चीनले सगरमाथाको उचाइ नापेको ४५ वर्ष पुग्दै छ ।

पछिल्ला केही दशकमा चीनले सगरमाथाको उचाइ मापनका लागि ६ वटा ठूला सर्भे गरिसकेको छ ।

चीनको पर्वतारोही टोलीले पहिलोपटक सन् १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव १३ मिटर मापन गरेको थियो ।

सन् २००५ मा चीनले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर मापन गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ०१ बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन