भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको भारतमा तीन दिन यतामात्रै ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

शुक्रबार र शनिबार पनि १० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा १० हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ थियो ।

भारतमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजार ५०६ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन अरू २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार २०७ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ५ : ५१ बजे

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार

संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू !

किस्पाङ, नुवाकोट– दृश्य-एक बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार

पशुपतिनाथको दर्शनमा पुगे राष्ट्रपति, प्रधानमन्त्रीसँगै अन्य मन्त्री

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा

पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट