काठमाडौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।
मुलुकभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसो वर्षा हुने महाशाखाले जनाएको छ ।
सोमबार बिहान प्रदेश ५ र २ नम्बर प्रदेशका भू-भागमा मौसम सफा रहे पनि अन्य स्थानमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
दिउँसोसम्म भने मुलुकभर नै हावाहुरी, चट्याङसहित नै वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया