बेलायतका एक जोडीको महँगो डिभोर्स ! अदालत धाउँदा-धाउँदै सकियो ९ करोड « Khabarhub

बेलायतका एक जोडीको महँगो डिभोर्स ! अदालत धाउँदा-धाउँदै सकियो ९ करोड


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विवाहित जोडीबीच मेलमिलाप नहुँदा घरबार मात्र बिग्रिँदैन सम्पत्ति पनि स्वाहा हुने गरेका घटना हामीले देख्दै र सुन्दै आएका छौं ।

हालै बेलायतमा एउटा यस्तै घटना भएको छ । विवाहको शुरुवाती दिनमा यो जोडीको जीवन सुखमय बितिरहेको थियो । उनीहरुका तीन सन्तान छन्  ।

बिहेको २२ वर्षपछि श्रीमान श्रीमतीबीच मनमुटाव भयो । विवाद यतिसम्म बढ्यो कि उनीहरु सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे ।

दम्पती सम्बन्धविच्छेदका लागि अदालत पुगे । सम्बन्धविच्छेदका क्रममा दुवैले सम्पत्तिको अधिक हिस्सा आफूले पाउनुपर्ने दाबी  गरेपछि उनीहरुको अधोगति शुरु भयो ।

दुबै जना आफ्नो दाबीबाट पछि नहट्दा सम्बन्धविच्छेदको प्रक्रिया लम्बियो । अदालतमा मुद्दा चलिरह्यो । मुद्दा किनारा लाग्न समय झण्ड २ वर्ष लाग्यो ।  यस क्रममा वकिलको पारिश्रमिक तिर्ने क्रममा उनीहरुले ६ लाख पाउण्ड (९ करोड नेपाली रुपैयाँ) खर्चिनुपर्‍यो । यो अवधिमा उनीहरुले घर समेत बेच्नुपर्‍यो ।  क्रेडिट कार्डको ऋण तिर्न अझै बाँकी रहेको डेलिमेलमा प्रकाशित समाचारमा जनाइएको छ ।

गत शुक्रबार यी दुईको सम्बन्धविच्छेद भयो । करोडौंको सम्पत्तिका मालिक यी दम्पतीको मुद्दामा शुक्रबार अन्तिम फैसला आउँदा दुवैले बराबर जनही साढे ७ लाख रुपैयाँ मात्र पाए । घटना बेलायतको राजधानी लण्डनको हो । यी श्रीमान श्रीमतीको पहिचान सार्वजनिक गरिएको छैन ।

५३ वर्षका श्रीमान र ५० वर्षकी श्रीमती एक केयर होमका मालिक थिए । छोराछोरीहरुसँग विदा मनाउन बाहिर गइरहन्थे । छोराछोरीको राम्रो पढाइको लागि ठूलै रकम खर्च गरिरहेका थिए ।

दम्पतीसँग व्यक्तिगत नम्बर प्लेट भएको १४ हजार पाउण्ड (२१ लाख नेपाली रुपैयाँ) पर्ने मर्सिडिज गाडी पनि थियो ।

दम्पत्ति छुट्टिएपछि केयर होम बन्द भयो । श्रीमान बेरोजगार भए । उनले प्लम्बिङ कम्पनीमा जागिर गर्न थाले जहाँ उनले वार्षिक करिब ३२ हजार पाउण्ड कमाउँछन् ।

मुद्दा चलिरहँदा उनको सम्पत्ति त सकियो नै डेबिट कार्डबाट १ लाख २२ हजार पाउण्ड (झण्डै २ करोड रुपैयाँ) ऋण पनि थपियो ।

अदालतमा कूल १३ सुनुवाइ भए । पाँच दिन ट्रायल पनि चल्यो । श्रीमानले ४ पटक अपिल कोर्ट र हाइकोर्टमा अर्जी दिएका थिए तर सबै अर्जी खारेज गरिएको थियो ।

हाइकोर्टका न्यायाधीश रोबर्ट पीलले भनेका थिए कि घर बेचेर ६ लाख ३० हजार पाउण्ड प्राप्त भएको थियो ।

न्यायाधीशले भने ‘यति ठूलो खर्चमा विश्वास गर्न मुस्किल छ तर यो वास्तविकता हो । यस्तै फैसला भएका अन्य मुद्दाहरु पनि हुन सक्छन् तर यति खराब नहोलान् । यो केस ती दम्पतीको लागि चेतावनी हो जो कानुनी दाउपेचमा सम्पत्ति खर्च गर्छन् र उनीहरुसँग केही बाँकी रहँदैन । उनीहरुले कमाइभन्दा धेरै खर्च गरे र ऋणी भए ।’

डेलीमेलबाट

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ११ बजे

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस