३१ वर्षीय युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा « Khabarhub

३१ वर्षीय युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएफसी फाइटर कोनोर म्याकग्रेगरले चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका छन् ।

आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार फाइटरबाट सन्यास लिएको ट्वीट गर्दै घोषणा गरे ।

आफ्ना समर्थकलाई सम्बोधन गर्दै म्याकग्रेगरले लेखेका छन्, ‘मैले फाइटबाट सन्यास लिने निर्णय गरेको छु । आश्चर्यजनक सम्झनाहरुका लागि सबैलाई धन्यवाद ।’

म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका हुन् । यस उनले अघि सन् २०१६ र १९ मा सन्यास लिने निर्णय गरेका थिए । तर, पनि उनी पुन रिङमा फर्किएका थिए ।

म्याकग्रेगरले आफ्नो करियरमा २२ जित र ४ हार व्यहोरेका छन् । यस्तै, ३१ वर्षीय उनले आफ्नो खेल करियरमा २ सय मिलियन अमेरिकी डलर कमाएको छन् ।

म्याकग्रेगरले आफ्नो अन्तिम खेल २०२० मा खमेरिकाका चर्चित फाइटर डोनाल्ड ‘काउब्वाई’ सेरोनलाई पराजित गरेका थिए । काउब्वााईलाई उनले लस भेगासमा भएको खेलमा ४० सेकेन्डको छोटो समयमा पराजित गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ३२ बजे

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता