दाङमा एकसातालाई स्वाब संकलन स्थगित « Khabarhub

दाङमा एकसातालाई स्वाब संकलन स्थगित


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा एकसाताका लागि कोरोना भाइरस (कोभिड–१९) आशंका गरिएका व्यक्तिहरुको स्वाब संकलन स्थगित गरिएको छ ।

संकलन भएका स्वाबहरु परीक्षण गर्न बाँकी रहेको र जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठिानमा स्थापना गरिएको प्रयोगशालामा चाप बढेपछि स्वाब संकलनको काम स्थगित गरिएको हो ।

प्रतिष्ठानमा अहिले पनि पीसीआर विधिबाट परीक्षणका लागि १ हजार ७०० भन्दा बढी स्वाब परीक्षणको प्रक्रियामै रहेको प्रतिष्ठानका काम रजिष्टार कैलाशप्रसाद देवले बताए ।

‘दाङसहित विभिन्न जिल्लामा संकलन गरिएको स्वाब अहिले पनि जाँच प्रक्रियामै छन्’, उनले भने, ‘परीक्षणमा अत्याधिक चाप बढेकाले एकसाताका लागि स्वाब संकलनको काम स्थगित गरिएको छ ।’

उनका अनुसार प्रक्रियामा रहेका स्वाब जाँच गर्नका लागि कम्तिमा एक साता लाग्ने भएकाले त्यो समयसम्म चाप नथपियोस भन्ने उद्देश्यले एक साताका लागि स्वाब संकलनको काम स्थगित गरिएको हो ।

प्रतिष्ठानमा रहेको पीसीआर मेसिनले एक पटकमा ९६ जनाको मात्रै स्वाब परीक्षण गर्न सक्छ । यही अनुपातमा परीक्षण गर्ने हो भने एक दिनमा करीब २०० ओटा मात्रै स्वाब परीक्षण गर्न सकिने कामु रजिष्टार देवले बताए ।

घोराही उपमहानगरपालिकामा मात्रै संकलन भएका करीव ७०० ओटा स्वाब अहिले पनि परीक्षणकै प्रक्रियामा रहेको र संकलन गरिएको स्वाब परीक्षणका लागि एक साता लाग्ने भएपनि स्वाब संकलनको काम तत्कालका लागि स्थगित गरिएको घोराही उपमहानगरपालिकाका कोभिड–१९ फोकलपर्सन विकेश रेग्मीले जानकारी दिए ।

यहाँ दाङसहित, रोल्पा, प्यूठानलगायतका जिल्लामा संकलन भएको स्वाब पनि परीक्षणका लागि ल्याउने गरिएको छ । प्रयोगशालामा संकलन भएका स्वाबको परीक्षणमा चाप कम हुनसाथ पुनः स्वाब संकलनको काम शुरु गरिने बताइएको छ ।

४ हजारभन्दा बढीको स्वाब संकलन

यसैबीच दाङमा ४ हजारभन्दा बढीको स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्यांकानुसार दाङका १० ओटा स्थानीय तहमा अहिलेसम्म ४ हजार ३६८ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएका स्वाबमध्ये २ हजार ५९९ जनाको स्वाब परीक्षण भइरहेको छ । बाँकी १ हजार ७६९ जनाको स्वाब परीक्षण प्रक्रियामा छन् ।

स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिकामा ९१३, तुलसीपुर उपमहानगरपालिकामा ४५१, गढवा गाउँपालिकामा ६०५, बंगलाचुली गाउँपालिकामा ५५०, बबई गाउँपालिकामा ५३९, राप्ती गाउापालिकामा ४४०, लमही नगरपालिकामा २८५, शान्तिनगर गाउँपालिकामा २७०, राजपुर गाउँपालिकामा १८८ र दंगीशरण गाउँपालिकामा १२७ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लामा परीक्षण गरिएको मध्ये अहिलेसम्म ७६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा घोराहीमा २२, बंगलाचुलीमा १८, गढवामा ८, तुलसीपुरमा ५, लमहीमा ९, राजपुरमा ६, राप्ती र बबईमा २/ २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ११ : ११ बजे

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा