अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना सङ्क्रमित पुरुषलाई आज कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ ।

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उनलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : ०१ बजे

बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त

काठमाडौँ – १० वैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा गत मंसिरमा

श्रम स्वीकृतिको काम वैशाख १ गतेदेखि पालिकाबाटै

काठमाडौँ – आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः

तरकारी र फलफूलको आजको मूल्य सार्वजनिक

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

लाङटाङबाहेक रसुवाका सबै गाउँमा यातायातको पहुँच

रसुवा – रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

दोधारा चाँदनी – भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै