व्यवसायीले सुरक्षा नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढ्यो « Khabarhub

व्यवसायीले सुरक्षा नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढ्यो


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- सोमबारबाट बिहान ८ बजेदेखि खुलेका दमौलीका बजार मध्याह्न १२ बजेभन्दा पछि पनि खुले । तर लक डाउनको अवधिमा खुलेका बजारका व्यवसायीले आधारभूत सुरक्षा मापदण्ड नअपनाउँदा यसले जोखिम बढाउने त्रास खडा भएको छ ।

व्यास नगरपालिकाले बिहान कम भिड हुने भन्दै ६ बजेबाट १० बजेसम्म सातामा छ दिन बजार खुलाउन दिएको समय व्यवसायीले समय अव्यवहारिक भएको भन्दै परिवर्तन गर्न माग गरेका थिए ।

व्यवसायीकै मागअनुसार समय परिवर्तन पनि भयो । तर समय परिवर्तन भए अनुसार व्यवसायीले पूरा गर्नु पर्ने सुरक्षाका शर्तहरु पालना नभएको देखिएको छ । धेरैजसो फेन्सी पसलमा भिडभाड देखिएको छ ।

सामान्य दुरी व्यवस्थापन र हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्न अधिकांश व्यवसायी चुकेका छन् । घर भाडा व्यवसायी संघका केन्द्रीय सदस्य आकाश अधिकारी समय परिवर्तन भएकोमा खुशी छन् ।

‘धेरै व्यापारीलाई पहिले नगरपालिकाले दिएको समय मिलेको थिएन,’ उनले भने, ‘अहिलेको समय ठीक छ तर हामीले हाम्रो कर्तव्य पुरा गर्न सकेनौं ।’

उनले नगरपालिकाले माग सम्बोधन गरेसँगै व्यवसायीले पनि सुरक्षाका मापदण्ड पूरा गर्नुपर्नेमा चुकेको बताए । ‘हामीले गर्नुपर्ने काम भने पूरा गरेनौं,’ उनले भने ।

बजारका सबै व्यवसायीले नगरे पनि केहीले भने पसलका अगाडि साबुनले हात धुने प्रबन्ध गरेका पनि छन् । उनले यसो भने पनि दमौलीका अधिकांश फेन्सी र अरु पसलका सञ्चालकले सामाजिक दुरी अनि हात धुने तथा स्यानिटाइज गर्ने विषयमा ध्यान दिएका छैनन् ।

व्यास नगरपालिकासँग बजार खुलाउने सहमति गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले अनिवार्य रुपमा हात धुने वा स्यानिटाइजर लगाउने व्यवस्था गर्नका लागि सबैमा अनुरोध पनि गरेको थियो । सफा सडक टोल सुधार समितिका अध्यक्ष कुमारमोहन श्रेष्ठ सबैले आफू र ग्राहक दुवैको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँछन् ।

व्यास नगरपालिका लगायत तनहुँका तहहरुमा भारतबाट आउनेको संख्यामा कमी आउन सकेको छैन । यस्तोमा बजार पनि खुला हुन थालेपछि सुरक्षा जोखिम बढिरहँदा व्यवसायी पनि आफू र ग्राहक दुवैको सुरक्षाका लागि गम्भीर नबन्ने हो भने तीन जनालाई देखिइसकेको कोभिड संक्रमणको जोखिम अझ बढ्नेमा विज्ञको चिन्ता छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : ११ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र