राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’ | Khabarhub Khabarhub

राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय वार्तामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जेन–जी आन्दोलनमा सहभागी युवाबीच विभाजन देखिएको बताएका छन् ।

उनले बैठकमा राप्रपाका तर्फबाट आफूले देखेका बुँदाहरू पनि शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको उक्त बैठकमा सहभागी महामन्त्री राजेन्द्र गुरूङसहितको टोलीले देखेको र अनुभूत गरेको कुरा श्रेष्ठले विस्तृत रूपमा वर्णन गरेका छन् ।

श्रेष्ठले बालुवाटारमा आएका केही उदयमान जेन–जी नेताका फरक धारणा, अस्पष्ट माग र विरोधाभासले आन्दोलनको मूल उद्देश्य कमजोर भइरहेको ठहर गरेका छन् ।

उनले जेन–जी आन्दोलनले पुर्‍याएको बलिदान र क्षतिको तुलना गर्दा बालुवाटार बैठकमा प्रस्तुत भएका एजेण्डा र धारणा नमिलेको पनि उल्लेख गरेका छन् ।

संविधान खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम सरकार र भ्रष्टाचार न्यूनीकरणजस्ता मूलमन्त्रहरूलाई टेबुलसम्म ल्याउनुपर्ने जिम्मेवारी जेन–जी जेनेरेशनकै भएको उल्लेख गर्दै त्यो जिम्मेवारी बिर्सन नहुने उल्लेख गरेका छन् ।

श्रेष्ठले असङ्गठित र विभाजित जेन–जी समूहहरू सहजै ‘मिसगाइड’ हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । त्यस्ता शक्तिहरूले आन्दोलनलाई टुक्र्याउन खोजेको हुनसक्ने भएकाले  सचेत हुन पनि सुझाव दिएका छन्।

विद्रोहलाई कुनै नयाँ ठाउँमा पुर्याउन नसकेको र हाइज्याकको जोखिम बढेको खण्डमा आन्दोलनको भार बोकेर अगाडि बढ्न गाह्रो हुने पनि उनले उल्लेख गरेका छन् ।

राप्रपाले जेन–जीसँग सहकार्य गर्दै त्रिपक्षीय समझदारी कायम गर्न आग्रह गरेको छ । श्रेष्ठले लोकमान्य आवश्यकताको पक्षमा रहेर विभाजनकारी स्वार्थ र तिकडमबाट बच्न, विगतका त्रुटि सुधारेर देशलाई समृद्धतिर लैजान सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

श्रेष्ठले जेन–जीका युवा नेताहरूलाई बलिदानी दिएका साथीहरूको सम्झना गर्दै संयम र जिम्मेवारीपूर्वक अगाडि बढ्न आह्वान गरेका छन् । राजनीतिक दलहरूसँग संवाद कायम राखेर राष्ट्रिय हितमा सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : २५ बजे

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको