इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने | Khabarhub Khabarhub

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ ।

इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खोल्नेछ । मिसावटयुक्त तेल बिक्री वितरण गर्ने पम्पहरुले समेत नेपाल निगमबाट नै मिसावटयुक्त तेल आएको गुनासो गर्दै आएका थिए ।

इआरपी सिस्टम जडान सफल भएमा वर्षौंदेखि परम्परागतरुपमा हुँदै आएको कामकाजसमेत कम्प्युटरमा अभिलेखकीकरण हुनेछन । अबको तीन वर्षभित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यका लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिमसमेतका लागि रु २८ करोड बजेट छुट्याएर बोलपत्र आह्वान गरिएको छ ।

निगमको कामकाजलाई प्रविधिमैत्री बनाउँदै परिस्कृत गर्न यो प्रणालीका लागि तयारी गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले बताए । उनले आगामी दिनमा अपग्रेड गर्दै अझै सुरक्षित, छिटो, छरितो बनाउन कम्प्युटरकृत हुँदै जाने उल्लेख गरे ।

उनले भने, “आयल निगमलाई पूरा डिजिटलाइजेशन गर्न जरुरी देखिइसकेको छ । आगामी दिनमा सबै काम कम्प्युटरबाट गर्ने गरी इआरपी सिस्टम जडानको लागि काम अगाडि बढेको छ ।”

देशभर अहिले एक हजार ४०० भन्दा बढी पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ । आफ्नो अनुकूल हेरेर तेल हुँदाहुँदै पनि तेल पम्प बन्द गर्नेजस्ता कार्यहरु हुँदै आएका छन् । निगममा मेनुयल सिस्टम भएका कारण अनुगमन गर्न कठिनाइ परेको छ

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : ४१ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा