बर्दियामा थप १८ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

बर्दियामा थप १८ जनामा कोरोना पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया वडा नं ७ का २ जना, मधुवन नगरपालिका वडा नं ४ का ३ जना, वडा नं ९ का १ जना, बासगढी नगरपालिका वडा नं २ का ४ जना, वडा नं ६ का २ जना र वडा नं ७ र ९ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरि ठाकुरबाबा नगरपालिका वडा नं ३ का २ जना र वडा नं ४ का १ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार एकैसाथ १८ जनामा संक्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जना पालिकाका क्वारेनटाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा उनीहरुको आरडीटी विधिद्धारा स्वास्थ्य जाच गर्दा पोजेटिभ देखिएपछि पीसीआर जाँच गरिएको हो । संक्रमण देखिएका सबैलाई सम्बन्धीत पालिकामा तयार पारिएको आइशोलेसन कक्षमा राखिने बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ०५ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच