संसदमा मेरो चरित्र हत्या गरियो– मन्त्री विश्वकर्मा « Khabarhub

संसदमा मेरो चरित्र हत्या गरियो– मन्त्री विश्वकर्मा


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा ‘सुनार’ले सासद प्रदिप यादवले आफुमाथि गम्भिर आरोप लगाएको भन्दै दुख व्यक्त गरेका छन् ।

जेठ १९ गते संघीय संसदमा बोल्दै सासद यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको तराई लक्षित विवादास्पद अभिव्यक्तिमाथि टिप्पणी गर्दै एन्फाले मन्त्रीलाई माया गरेको बताएका थिए ।

उनले एन्फाले आगामि आर्थिक वर्षका लागि पोखरामा बहुउदेशीय एकेडेमी निर्माण गर्न १७ करोड विनियोजन गरेको विषयसँग मन्त्रीलाई जोड्दै भनेका थिए, ‘अहिले एन्फाले पनि मन्त्री ज्युलाई माया गर्न थालेको छ । उसले १७ करोडको प्रोजेक्ट मन्त्रीको क्षेत्रमा विनियोजन गरेको छ ।’

यस विषयले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको बताउँदै मन्त्रीले सोमबार संसदमा भने, ‘मन्त्रीलाई एन्फाले माया गरेको छ । १७ करोड एन्फाले दिएको छ भन्नुभयो । यो मैले भनेको होइन, उहाँले भन्नु भएको हो । यसको आशय के थियो ? सम्बन्धित व्यक्तिले स्पष्ट पार्नुपर्यो ।’

मन्त्रीले अगाडि थपे, ‘उहाँले जुन शब्द प्रयोग गर्नु भएको छ त्यहिँ हो भने यो विषय गम्भीर छ । उहाँले बोलेको कुरालाई पुष्टि गर्न चुनौति दिन्छु । मैले कसैबाट पनि पैसा लिएको छैन ।’

एन्फाले पोखरामा बनाउन लागेको प्रोजेक्टबारे आफुलाई जानकारी नभएको बताएका मन्त्रीले ‘एन्फाले एकेडेमी बनाउँन लागेको भन्ने सुन्नमा आएको छ । यो प्रशंग हो भने यसमा मेरो कमजोरी भएन नि !’

मन्त्री विश्वकर्माले आफ्नो निजी जीवनमा पनि असर गर्ने भएकाले संसदको रेकर्डबाट उक्त अडियो हटाउन माग समेत गरेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ४५ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प