अमेरिकाले सुरू गर्‍यो डब्ल्युएचओबाट बाहिरिने प्रकिया « Khabarhub

अमेरिकाले सुरू गर्‍यो डब्ल्युएचओबाट बाहिरिने प्रकिया


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महामारी नियन्त्रणमा राम्रो काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोपसहित विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँग सबैखाले सम्बन्ध तोडेको अमेरिकाले डब्ल्युएचओबाट बाहिरिने औपचारिक प्रक्रिया शुरु गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई औपचारिक पत्र पठाउँदै डब्ल्युएचओबाट बाहिरिने औपचारिक प्रकिया सुरू गरेका हुन् ।

यो प्रक्रिया पूरा गर्न भने अब कम्तिमा १ बर्ष लाग्ने बीबीसीले जनाएको छ । कोरोना संक्रमणको महामारी शुरु भएसंगै डब्ल्युएचओ चीनको नियन्त्रणमा आएको आरोप लगाउदै गत मेमै ट्रम्पले डब्लुएचओ छोड्ने घोषणा गरेका थिए ।

युरोपेली युनियन ईयू लगायतले नछोड्न गरेको आग्रह अस्वीकार गर्दै ट्रम्पले राष्ट्रसंघीय नियोग छोडी त्यसलाई प्रदान गर्दै आएको सहयोग रकम अन्यत्रै खर्च गर्ने निर्णय गरेका थिए ।

अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दातृ मुलुक हो । उसले वार्षिक ४० करोड डलर रकम सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ५९ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक