काठमाडौं – अमेरिकाको संघीय जाँच व्यूरो एफबीआईका निर्देशकले चीनका गतिबिधी अमेरिकाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतराको रूपमा खडा भएको बताएका छन् ।
वासिङ्गटनस्थित हड्सन इन्स्टिच्यूटमा एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचना चोरी गर्ने चीन सरकारको क्रियाकलाप अमेरिकाको लागि खतरा भएको बताएका हुन् ।
चीनले बहु–चरित्र अवरोध अभियान सञ्चालन गरिरहेको आरोप लगाउँदै रेले जुनसुकै माध्यम अपनाएर भए पनि विश्वकै शक्तिशाली मुलुक बन्न चीन लागि परेको बताए ।
अमेरिकाको नीति नै प्रभावित पार्ने रणनीति अनुरुप चीनले आर्थिक जासूसी अभियान, तथ्यांक तथा मौद्रिक चोरी र अवैध राजनीतिक गतिविधिको रुपरेखा अघि बढाएको रेको आरोप छ।
प्रतिक्रिया