चीनमा भेटिएको ब्यूबनिक प्लेग कस्तो रोग हो ? « Khabarhub

चीनमा भेटिएको ब्यूबनिक प्लेग कस्तो रोग हो ?


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बीबीसी-  चिनियाँ स्वास्थ्य अधिकारीहरूले ब्यूबनिक प्लेगको शङ्का गरेको एउटा बिरामी भेटेको बताएका छन्।

ती व्यक्ति कसरी सङ्क्रमित भए थाहा हुन सकेको छैन तर चीनमा थप सङ्क्रमण हुन सक्ने भन्दै उच्च सर्तकता अपनाइएको छ।

मानव इतिहासमा प्लेग एउटा घातक रोगको रूपमा रहेको छ तर अहिलेको समयमा एन्टीबायोटिकले यसको सजिलै उपचार गर्न सकिन्छ।

ब्यूबनिक प्लेग के हो?

मुसा र त्यसका परजीवीमा पाइने येर्सिनिया पेस्टिस (Yersinia pestis) नामक सूक्ष्मजीवका कारण प्लेग लाग्छ। यो एउटा घातक सङ्क्रामक रोग हो।

ब्यूबनिक प्लेग सबैभन्दा सजिलै मानिसमा लाग्ने प्लेग हो। यो रोग लागेपछि काखी र तिघ्राको बीचमा दुख्ने सुन्निएको डल्लो देखिन्छ।

सन् २०१० देखि २०१५ सम्म विश्वभरि यसका ३,२४८ बिरामी भेटिएकोमा ५८४ जनाको मृत्यु भएको थियो।

पहिले यसलाई अङ्ग्रेजीमा “ब्ल्याक डेथ” अर्थात् “कालो काल” पनि भनिथ्यो। किनभने यो रोग लागेका मानिसहरूको हात र खुट्टाको औलाहरू कालो भएर काम नलाग्ने हुँदै जान्छन्।

यो रोग कस्तो हुन्छ?

ब्याक्टेरिया सङ्क्रमण भएको दुईदेखि छ दिनमा मानिस बिरामी पर्छ।

कुखुराको अण्डा जत्रोसम्मको सुन्निएको मासुबाहेक ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने र थकान यसका लक्षण हुन्। प्लेगले फोक्सोलाई पनि असर गर्न सक्ने भएकोले खोकी, छाती दुख्ने र सास फेर्न गाह्रो पनि हुन सक्छ।

ब्याक्टेरिया रगतमा पनि प्रवेश गरेर सेप्सिस गर्न सक्छ जसका कारण विभिन्न अङ्गले काम गर्न छोड्ने भएकाले मृत्यु हुनसक्छ।

यो रोग कसरी सर्छ?

यसको सङ्क्रमण निम्न कारणले हुन सक्छ:

सङ्क्रमित उपियाँको टोकाइबाट

मुसाजस्ता सङ्क्रमित जनावरलाई छुँदा

सङ्क्रमित मानिस वा जनावरको सास वा खोकीबाट निस्किने छिटाबाट

घरपालुवा कुकुर र बिरालोहरू पनि उपियाँको टोकाइ वा सङ्क्रमित मुसा खाँदा सङ्क्रमित हुने सम्भावना हुन्छ।

सङ्क्रमित जनावरको रगतका रहेको ब्याक्टेरिया मानिसको घाउमार्फत् पनि रगतमा प्रवेश गर्न सक्छ।

चीनमा अहिले सङ्क्रमण हुन सक्ने जनावर मार्न र खान प्रतिबन्ध लगाइएको छ।

प्लेगका कारण मृत्यु भएका मानिसको शवनजिकै जाने व्यक्तिहरूलाई पनि यो सर्न सक्छ।

उपचार सम्भव छ?

सङ्क्रमण भएपछि जतिसक्दो छिटो एन्टीबायोटिकमार्फत् उपचार गर्नु महत्त्वपूर्ण छ।

बिनाउपचार यो रोग घातक हुन्छ। रगत वा शरीरका अन्य नमुना लिएर गरिने परीक्षणले ज्यान जोगाउँछ।

के महामारी सम्भव छ?

प्लेग अझै पनि संसारका थुप्रै स्थानमा छ।

हालैका वर्षमा कङ्गो र म्याडाग्यास्करमा यो फैलिएको थियो।

साउथह्याम्पटन विश्वविद्यालयसँग आबद्ध सूक्ष्मजीववैज्ञानिक डा. म्याथ्यू ड्राईडन भन्छन्, “सुरुमै चरणमा ती सङ्क्रमण थाहा भएका कारण एक्ल्याएर उपचार गर्न र सङ्क्रमण रोक्न सहज भयो।”

“ब्यूबनिक प्लेग ब्याक्टेरियाले हुने भएकोले एन्टीबायोटिकले सहजै उपचार गर्न सकिन्छ। त्यसैले चीनमा एकजनामा सङ्क्रमण भेटिनु जोखिम सुनिए पनि अहिलेलाई त्यो सहजै उपचार हुनेगरी एक जनामा मात्रै देखिएको छ।”

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ११ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस