नेकपा स्थायी कमिटी बैठक बस्दै « Khabarhub

नेकपा स्थायी कमिटी बैठक बस्दै


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दै छ।

पटक-पटक स्थगित हुँदै आएकाे बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।

नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक स्थगित हुँदै आएकाे छ । सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेकाे छैन।

यसअघि साेमबारका लागि तय भएकाे स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियाे।

पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ।

बैठकमा छलफलका लागि नेकपाले ७ बुँदे एजेण्डा तय गरेपनि प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा केन्द्रीत बन्दै आएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारीगरेसँगै भारतसँग मिलेर आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न खोजेको सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ३२ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो