टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी « Khabarhub

टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले पनि टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको जनाएका हुन् ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको पोम्पेओलाई उद्धृत गर्दै रोयर्टसले जनाएको छ ।

टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाँदै आएको तथा प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको उनले बताएका छन् ।

यसअघि भारतले पनि टिकटकसहित ५९ वटा चिनियाँ एप्स प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ५१ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको