गर्मीमा शरीरलाई हानी गर्ने ५ खानेकुरा « Khabarhub

गर्मीमा शरीरलाई हानी गर्ने ५ खानेकुरा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा प्रायशः शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खानु उपयुक्त हुन्छ ।

यस मौसममा अत्यधिक पसिना निस्कने भएकाले प्रशस्त पानी पिउनु पर्दछ । पानीयुक्त फलफुलको सेवन गर्नु् पनि उपयुक्त हुन्छ । तर गर्मीमा मौसममा केहि चिजको भने सेवन गर्नु हुदैन । यसको सेवन गर्मी मौसममा उपयुक्त मानिँदैन ।

१. लसुन
गर्मी मौसममा सकेसम्म लसुन नखानु नै उपयुक्त हुन्छ । यसले शरीरको हर्मोनलाई असन्तुलित बनाउने गर्दछ । तसर्थ गर्मीमा लसुन नखाएकै राम्रो ।

२. प्याज
कतिपय मानिसहरु शीतलता प्रदान गर्ने भन्दै गर्मी मौसममा प्याजको सेवन गरीरहेका हुन्छन् । तर तरकारीको स्वाद बढाउनका अलावा गर्मीमा प्याजको सेवन गर्दा यसले शरीरको तापमान बढाउँनुको साथै हर्मोन असन्तुलित बनाउँछ । त्यसैले गर्मीमा प्याज सेवन नगरेकै राम्रो ।

३. अदुवा
औषधीय गुणले भरिपुर्ण अदुवाको सबै मौसममा फाइदाजनक नहुन सक्छ । अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्ने भएकाले यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । त्यसैले गर्मीमा अदुवा सकेसम्म कम खाएकै राम्रो हुन्छ ।

४. क्याफिन
कतिपय मानिसमा चिया र कफी पिउने बानी हुन्छ । तर गर्मी मौसममा यी चिजको सेवनले शरीरलाई हानी पुग्दछ । चिया वा कफीले शरीरमा गर्मी उत्पन्न गर्दछ र यसले हर्मोन परिवर्तन गराउँछ र शरीरको तापक्रम बढाउँछ । तसर्थ गर्मीमा सकेसम्म चिया कफी नखादाँ राम्रो ।

५. तारेको खाना
गर्मी मौसममा सकेसम्म तेलमा तारेको भुटेको वा तैलीय खानेकुरा नखानु उपयुक्त हुन्छ । यस मौसममा समोसा, पकौडा, चिप्स लगायतका तेलयुक्त खानेकुराले पाचनसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । तसर्थ गर्मी मौसममा अति तेलयुक्त खानेकुरा नखाएको राम्रो हुन्छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ५६ बजे

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा