गर्मीमा शरीरलाई हानी गर्ने ५ खानेकुरा « Khabarhub

गर्मीमा शरीरलाई हानी गर्ने ५ खानेकुरा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा प्रायशः शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खानु उपयुक्त हुन्छ ।

यस मौसममा अत्यधिक पसिना निस्कने भएकाले प्रशस्त पानी पिउनु पर्दछ । पानीयुक्त फलफुलको सेवन गर्नु् पनि उपयुक्त हुन्छ । तर गर्मीमा मौसममा केहि चिजको भने सेवन गर्नु हुदैन । यसको सेवन गर्मी मौसममा उपयुक्त मानिँदैन ।

१. लसुन
गर्मी मौसममा सकेसम्म लसुन नखानु नै उपयुक्त हुन्छ । यसले शरीरको हर्मोनलाई असन्तुलित बनाउने गर्दछ । तसर्थ गर्मीमा लसुन नखाएकै राम्रो ।

२. प्याज
कतिपय मानिसहरु शीतलता प्रदान गर्ने भन्दै गर्मी मौसममा प्याजको सेवन गरीरहेका हुन्छन् । तर तरकारीको स्वाद बढाउनका अलावा गर्मीमा प्याजको सेवन गर्दा यसले शरीरको तापमान बढाउँनुको साथै हर्मोन असन्तुलित बनाउँछ । त्यसैले गर्मीमा प्याज सेवन नगरेकै राम्रो ।

३. अदुवा
औषधीय गुणले भरिपुर्ण अदुवाको सबै मौसममा फाइदाजनक नहुन सक्छ । अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्ने भएकाले यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । त्यसैले गर्मीमा अदुवा सकेसम्म कम खाएकै राम्रो हुन्छ ।

४. क्याफिन
कतिपय मानिसमा चिया र कफी पिउने बानी हुन्छ । तर गर्मी मौसममा यी चिजको सेवनले शरीरलाई हानी पुग्दछ । चिया वा कफीले शरीरमा गर्मी उत्पन्न गर्दछ र यसले हर्मोन परिवर्तन गराउँछ र शरीरको तापक्रम बढाउँछ । तसर्थ गर्मीमा सकेसम्म चिया कफी नखादाँ राम्रो ।

५. तारेको खाना
गर्मी मौसममा सकेसम्म तेलमा तारेको भुटेको वा तैलीय खानेकुरा नखानु उपयुक्त हुन्छ । यस मौसममा समोसा, पकौडा, चिप्स लगायतका तेलयुक्त खानेकुराले पाचनसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । तसर्थ गर्मी मौसममा अति तेलयुक्त खानेकुरा नखाएको राम्रो हुन्छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ५६ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा