कोरोना संक्रमणमुक्त भएकालाई भे‍दभाव नगर्नू : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना संक्रमणमुक्त भएकालाई भे‍दभाव नगर्नू : स्वास्थ्य मन्त्रालय


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरस संक्रमणमुक्त भई घर गएकाहरुमाथि भे‍द्‍भाव हुने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड-१९ बाट मुक्त भएर घर फर्किएकाहरूलाई गाउँघरमा भे‍दभाव हुने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले संक्रमणमुक्त भएका कतिपयलाई घरमा बस्न नदिइएको पाइएको बताए।

“निको भइसकेपछि घरमा जाँदा स्वागत गर्दै घरमा बस्ने व्यवस्था गर्नुपर्छ,” उनले भने, “यसो नगरी भे‍दभाव गरेको पाइए कानूनअनुसार कारबाही हुनेछ।”

यसैबीच मन्त्रालयले कोरोना परीक्षणका नाममा पालिकाबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कारबाहीको चेतावनी दिएको छ ।

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापत शुल्क लिइरहेको खबर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाेले पालिकाबाट पैसा नउठान आग्रह गरेको छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ३४ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र