रोनाल्डोले २ गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

रोनाल्डोले २ गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा फ्रान्सेली क्लब लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्टस अवे गोलका आधारमा च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको हो ।

पहिलो लेग १-० ले जीतेको लियोनले दोस्रो लेगको १२औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

तर, लियोनको अग्रता ४२ मिनेटभन्दा बढी समय टिकेन युभेन्टसले पनि ४३औँ मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

रोनाल्डोले नै खेलको ६०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र समग्रमा लियोन अवे गोलका आधारमा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । लियोनले अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको