रोनाल्डोले २ गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

रोनाल्डोले २ गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा फ्रान्सेली क्लब लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्टस अवे गोलका आधारमा च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको हो ।

पहिलो लेग १-० ले जीतेको लियोनले दोस्रो लेगको १२औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

तर, लियोनको अग्रता ४२ मिनेटभन्दा बढी समय टिकेन युभेन्टसले पनि ४३औँ मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

रोनाल्डोले नै खेलको ६०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र समग्रमा लियोन अवे गोलका आधारमा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । लियोनले अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : १६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने