दुर्घटना, रोग र अकाल मृत्युबाट बचाउने शक्तिशाली महामृत्युन्जय मन्त्र « Khabarhub

दुर्घटना, रोग र अकाल मृत्युबाट बचाउने शक्तिशाली महामृत्युन्जय मन्त्र


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको कृपा पाउने तथा निरोगी हुन महामृत्युन्जय मन्त्र जप गर्नु अत्यन्त शुभ मानिन्छ । धार्मीक मान्यता अनुसार महामृत्युन्जय मन्त्रको जपद्धारा मृत्युलाई समेत टार्न सकिन्छ । यस महामन्त्रको श्रद्धा र विश्वासका साथ जप गर्नाले मार्कण्डेय ऋषिलाई भगवान शिवद्धारा अमरताको वरदान प्राप्त भएको थियो । तसर्थ यस मन्त्रलाई मृत संजीवनी नामद्धारा समेत पुकारीन्छ ।

भगवान शिवको यो महामन्त्र ग्रहको अनिष्ट, दुर्घटना, रोग आदिबाट बच्न प्रयोग गरीन्छ । आपतपित वा संकटको अवस्थामा श्रद्धापुर्वक यो मन्त्र जप गरेमा शिव कृपा प्राप्त भई समस्याबाट मुक्ति हुन सकिने विश्वास रहेको छ । यो मन्त्रको जप गर्दा रुद्राक्ष मालाद्धारा गर्नु पर्दछ ।

महामृत्युन्जय मन्त्र जप गर्नुअघि ध्यानदिनु पर्ने कुराहरु :
– महामृत्युन्जय मन्त्र जप गर्दा एकान्त स्थलमा गर्नु पर्दछ ।
– यो मन्त्र शान्त मन, विश्वासका साथ शुद्ध उच्चारण गर्नु पर्दछ ।
– मन्त्रको उच्चारण ओठभन्दा बाहिर आउनु हुदैन ।
– मन्त्र जप गर्न बस्दा शुद्ध भई, शुद्ध पहिरन पहिरीएर, शुद्ध स्थानमा मात्र बस्नु पर्दछ ।
– मन्त्र जप गर्दा भगवान शिवको प्रतिमा, फोटो वा शिवलिंग सामुन्नेमा राख्नु पर्दछ ।
– यो मन्त्र कुनै आसनमा बसेर रुद्राक्ष मालाद्धारा एक निश्चित संख्यामा गर्नु पर्दछ ।
– जुन रुद्राक्ष मालाद्धारा यस मन्त्रको जप गरीएको छ त्यसलाई धारण गर्नु हुदैन ।

महामृत्युन्जय मन्त्र
ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं ।
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षिय मामृतात् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : २३ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि