काठमाडौंको गहनापोखरी – हाँडीगाउँ क्षेत्र सिल « Khabarhub

काठमाडौंको गहनापोखरी – हाँडीगाउँ क्षेत्र सिल


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौका विभिन्न स्थान सिल गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर-५ मा पर्ने गहनापोखरी–हाँडीगाउँ क्षेत्रलाई वडा कार्यालयले सिल गरेको हो।

हाँडीगाउँमा एकै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको काठमाडौंको वडा नं. ५ का सदस्य उत्तम शर्माले बताए।

संक्रमित देखिएका व्यक्तिहरू प्रहरीका परिवार र स्थानीय घरधनी रहेको बताइएको छ। प्रहरी सहित उनका परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू बस्ने घरधनीको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए।

संक्रमित प्रहरीका परिवारको पाँच जनालाई अस्पताल लगिएको र घरधनीहरूलाई भने होम आइसोलेशनमै राखिएको उनले बताए।

हाँडी गाउँको कोटाल टोलमा बस्ने ती प्रहरीहरूलाई संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका भनिएका २५ जनाको स्वाव संकलन गरेर परिक्षण गरिएको थियो। त्यसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको र उनीहरूको पनि स्वाव संकलन गरेर परीक्षणको तयारी भइरहेको उनले बताए।

गहनापोखरी–हाँडीगाउँ क्षेत्रका सबै पसल बन्द गरिएका छन भने अत्यावश्यक काम बाहेक आवागनमा प्रतिबन्ध लगाइएको छ। स्थानीय समुदायले उक्त क्षेत्रलाई थप समय सिल गर्न सुझाव दिएमा समितिमा छलफल गरेर निर्णय गरिने उनले बताए।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  २ : ४१ बजे

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले