राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित « Khabarhub

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राख्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेशस्तरमा विस्तार गर्न विधेयक ल्याउन विधेयक ल्याउनुपरेको बताए। विधेयकमा तथ्यांक अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उनले जानकारी दिए । साथै मन्त्री पुनले विधेयकमा सांसदहरूले यसअघि शब्द–शब्द केलाएर छलफल गरेको जानकारी गराए।  

यसअघि उक्त प्रस्तावमाथिको छलफल सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १५ गते बिहान ११ः०० बजे बस्नेछ ।
 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ४० बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,