नेपालमा अक्सफोर्डको कोरोना भ्याक्सिनको मूल्य ३६० रुपैयाँ ! « Khabarhub

नेपालमा अक्सफोर्डको कोरोना भ्याक्सिनको मूल्य ३६० रुपैयाँ !

बिल गेट्सले घटाइदिए मूल्य


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

सिरम इन्स्टिच्युट भ्याक्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन उत्पादनमा साझेदार छ ।

नेपाल हालैको विश्व बैंकको वर्गीकरणमा निम्न मध्यम आय भएको मुलुकको स्तरमा उक्लिएको छ । त्यसअघि नेपाल निम्न आय भएको मुलुकको रुपमा थियो । नेपाल निम्न मध्यम आय भएको मुलुक भएकोले सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउने देशको सूचीमा पर्छ ।

यद्यपि सिरमले आफूले घाटा व्यहोरेर निम्न र मध्यम आय भएका मुलुकलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन लागेको भने होइन । गरिब देशहरुलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन अमेरिकाका अर्बपति बिल गेट्सको संस्थाले सहयोग गरेको हो ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सिरम इनिस्टच्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सिरमको घाटा पूर्ति गर्नेछ ।

आफ्नो घाटा पूर्ति भएपछि सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउनेछ । यो सस्तो मूल्य कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुको लागि हो र गाभीको यी ९२ देशको सूचीमा नेपाल पनि समावेश छ । सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको छ ।

सिरम इन्स्टिच्युटका सीइओ अदर पूनावालाले भनेका छन् ‘भाइरसको व्यापक प्रसारले पूरै विश्वलाई अनिश्चिततामा पारेको छ । पूरै विश्वमा खोप अभियान चलाउन र महामारी रोक्नको लागि विश्वका सबैभन्दा दूरदराज र गरिब देशहरुमा सस्तो उपचार र निवारक उपायमा पहुँच सम्भव होस् भन्ने सुनिश्चित गर्नु निकै महत्वपूर्ण छ ।

यो सहकार्यको माध्यमबाट हामीले यो भयानक संक्रमणबाट लाखौंको जीवन बचाउन आफ्ना निरन्तर प्रयासलाई पूरा गर्न चाहन्छौं । अक्सफोर्डको भ्याक्सिनले गत हप्ता भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : १७ बजे

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

दोधारा चाँदनी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले

रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ?

काठमाडौं- गत शुक्रबार अबेर सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा