नेकपा विवाद समाधानको लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौँ : प्रवक्ता श्रेष्ठ « Khabarhub

नेकपा विवाद समाधानको लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौँ : प्रवक्ता श्रेष्ठ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकटको निकासका लागि स्थायी समिति बैठक तुरुन्त सुचारु गरेर शीर्ष तह र सचिवालयमा गृहकार्य गर्न प्रस्ताव गरेका छन् ।

लामो समयपछि गत असार १० गतेबाट बसेको बैठक बिना निष्कर्ष स्थागित बन्दै आएको छ । पार्टीका दुइ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको दूरी बढिरहेका बेला स्थायी कमिटी र सचिवालय समेत बसेपनि कुनै निष्कर्ष निस्किन सकेको छैन् ।

यसैक्रममा प्रवक्ता श्रेष्ठले हालको आवश्यकता अनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्न साथै बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकाल्न समेत सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।”

साथै उनले यथास्थितीमा गुणात्मक परिवर्तन गर्दै अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरी अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकाल्न आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठले लेखेको स्टाटस जस्ताको तस्तै

म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं।

सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं। यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ ।

पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं ,ब्यक्तिको हार र जीतको बिषय होइन ।पार्टी , कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, बैचारिक,‬ ‪सैध्दान्तिक , राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं । ‬

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ४० बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार