विश्वमा कोरोना : २ करोड ७४ लाख संक्रमित, ८ लाख ९६ हजारको मृत्यु | Khabarhub Khabarhub

विश्वमा कोरोना : २ करोड ७४ लाख संक्रमित, ८ लाख ९६ हजारको मृत्यु


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो ।

यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४२१ पुगेको छ ।

एकै दिन २ लाख १६ हजार ८०५ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९११ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १० हजार २८० जनाको मृत्यु भएको छ । ३८ लाख ३१ हजार १७९ जना संक्रमित भएकोमा २१ लाख ६८ हजार ११३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८१ हजार ४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ६०४ पुगेको छ । त्यसमध्ये ४५ लाख ९४ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ९४९ जनाको मृत्यु भएको छ । ६७ लाख ४७ हजार ४४५ जना संक्रमित भएकोमा ५३ लाख ८५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ५७५ जनाको ज्यान गएको छ भने १३ लाख १२ हजार १७९ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४९ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४६ जना संक्रमित भएकोमा २४ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : ४० बजे

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । आधा

इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्‍यो

काठमाडौं– नेपालको राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको