आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल « Khabarhub

आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित  निकालेको छ ।

सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो ।

नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।

मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पेड्डी मेकनेयरले त्यसको तीन मिनेटपछि घरेलु टोली नर्दन आयरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए ।

सातौं मिनेटमा हाल्याण्डले नर्वेलाई २–१ ले अघि बढाएका थिए । १९औं मिनेटमा क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोरलाथले नर्वेलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमै हाल्याण्डको क्रसलाई सदुपयोग गर्दै अलेक्जेन्डरले नर्वेको अग्रतालाई फराकिलो पारे ।

हाल्याण्डले ५८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को शानदार जित दिलाए ।

समूह इमा रोमानिया २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको नर्वे र अष्ट्रियाको समान ३ अंक छ । नर्दन आयरल्याण्ड १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ०८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट