आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल « Khabarhub

आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित  निकालेको छ ।

सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो ।

नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।

मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पेड्डी मेकनेयरले त्यसको तीन मिनेटपछि घरेलु टोली नर्दन आयरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए ।

सातौं मिनेटमा हाल्याण्डले नर्वेलाई २–१ ले अघि बढाएका थिए । १९औं मिनेटमा क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोरलाथले नर्वेलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमै हाल्याण्डको क्रसलाई सदुपयोग गर्दै अलेक्जेन्डरले नर्वेको अग्रतालाई फराकिलो पारे ।

हाल्याण्डले ५८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को शानदार जित दिलाए ।

समूह इमा रोमानिया २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको नर्वे र अष्ट्रियाको समान ३ अंक छ । नर्दन आयरल्याण्ड १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ०८ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा