भारतीय शोधकर्ताहरुले पत्ता लगाए कोरोना रोक्ने नयाँ तरिका ! « Khabarhub

भारतीय शोधकर्ताहरुले पत्ता लगाए कोरोना रोक्ने नयाँ तरिका !


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् ।

भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको जनाएका हुन् ।

आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र सरफेस स्पाइक प्रोटिनको बीचमा बायो इन्टरफेस इन्ट्र्याक्सन विधिद्वारा कोरोना भाइरसको पहिचान र रोकथाम गर्ने उपायको विकास गरेको दाबी गरेका हुन ।

रिसर्च स्कलर्सहरुको भनाई अनुसार कोभिड–१९ (SAARS Cov-2) इनर न्युक्लिक एसिडबाट बनेको हुन्छ । जसलाई सरफेस स्पाइक ग्लाइकोप्रोटिनले ढाकेको हुन्छ । रिसर्च स्कलर्सद्वारा तयार पारिएको सतह अर्थात लेयरलाई भाइरस पत्ता लगाउन र यसको संक्रमण रोक्न उपयोग गर्न सकिन्छ ।

बायोसाइन्स एण्ड बायो ईन्जिनियरिङ विभागका एसोसियट प्रोफेसर ललित एम पाण्डेयले भने, “कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारी जारी रहेको वर्तमान अवस्थामा यसको परीक्षणका लागि हामीले एण्टिबडीमा आधारित तरिका र आर टी पिसिआरमा आधारित तरिकाको प्रयोग गर्दै आइरहेका छौं । रिपोर्ट आउन लामो समय लाग्ने, मुल्य महंगो हुने, परीक्षण प्रकृया जटिल हुने र गलत रिपोर्टसमेत आउने जस्ता नकरात्मक पक्षहरु यस खाले परीक्षण विधिमा रहेका छन ।”

प्रोफेसर पाण्डेयले भने, “कोरोना भाइरसको सरफेस स्पाइक प्रोटिन र अहिले तयार पारिएको सतह अर्थात लेयरकाबीच ईन्टरफेस ईन्ट्र्याक्सनको प्रयोगबाट कोरोना भाइरसको परीक्षण छोटो समयमा गर्न सकिन्छ ।”

उनका अनुसार यो सतह अर्थात लेयरले छोटो समयमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्न सकिन्छ भने यसबाट हुने संक्रमणलाई रोक्न पनि सकिन्छ ।

शोधकार्यका विद्यार्थीहरुले तयार पारेको सतह अर्थात लेयरलाई पीपीईमा लगाउन सकिने प्रोफेसर पाण्डेयलाई उद्धृत गर्दै एनडिटिभीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : २७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको