दिनदिनै नुहाउनुहुन्छ भने हुनसक्छ यस्तो हानी « Khabarhub

दिनदिनै नुहाउनुहुन्छ भने हुनसक्छ यस्तो हानी


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा तपाईंले जाडो मौसममा भन्दा बढी नुहाउने गर्नुहुन्छ । नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक पनि मानिन्छ ।

गर्मी महिनामा कतिले दैनिक नुहाउने गर्छन् भने कतिले केही दिन बिराएर नुहाउने गर्छन् ।

तराई क्षेत्रमा अत्यधिक गर्मी हुने हुँदा दैनिक ३ पटकसम्म नुहाउने पनि कसैको बानी हुन्छ ।

हामीले सुन्दै आएअनुसार नुहाउनु स्वास्थ्यका लागि राम्रो हो । तर, दिनदिनै नुहाउनु स्वास्थ्यका हिसाबले राम्रो नहुने कतिपय चिकित्सकहरुले बताउँदै आएका छन् ।

कस्ता असर पर्न सक्छन् त ? यसबारेमा जानौंः

जाडोमा तातोपानीले नुहाउनु गलत

कतिपयले जाडो मौसममा तातो पानीले नुहाउने गर्छन् । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउने चिकित्सकको सुझाव छ । तातो पानीले नुहाउँदा छालाको प्राकृतिक तेल पनि नोक्सान हुन्छ । दिनहुँ नुहाउने गर्नुभएको छ भने साबुन या स्याम्पुको प्रयोग गर्नुपर्छ ।

छालामा असर पुग्छ

दिनहुँ नुहाउँदा छाला रुखो हुने र यसको प्राकृतिक नरमपन पनि मासिने चिकित्सकहरुले बताएका छन् । छालामा भएको एक प्रकारको ब्याक्टेरिया नष्ट हुने हुँदा छालाको सुरक्षा कवच पनि बिस्तारै कमजोर हुँदै जान्छ ।

उक्त ब्याक्टेरियाको रासायनिक उत्पादनले एक प्रकारको टक्सिन निकाल्छ । जसले गर्दा हाम्रो छाला सुरक्षित हुन्छ ।

सकभर दिनदिनै ननुहाउनुस्

हाम्रो छाला सफा राख्नका लागि हामीले दैनिक नुहाउन नै जरुरी छैन । किनकि, हाम्रो छालामा भएको एक तत्वले छाला सफा गरिरहेको हुन्छ ।

दिनहुँ नुहाउादा यस्तो तत्व पनि नोक्सान हुन्छ । तर, धेरै काम गर्दा या जिम गर्दा पसिना आएको भए नुहाउनु पर्ने हुन्छ । किनकि, हामीलाई पसिनाले पनि असर गर्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक