मुलुकभर ९०२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

मुलुकभर ९०२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या ४८,१३८ पुग्यो


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३०७ जना महिला र ५९५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका २ जना, ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुनसरीका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३३ जना, बाराका १२ जना, पर्साका १४ जना, महोत्तरीका ४ जना, रौतहटका ८ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिरहका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जना, मकवानपुरका २४ जना, रामेछापका एक जना, ललितपुरका ३८ जना सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ७ जना, पर्वतमा एकजना, बागलुङका १० जना, स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कर्घाखाँचीका एक जना, कपिलवस्तुका एक जना, गुल्मीका एक जना, दाङका ३ जना, नवलपरासीका एक जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्देहीका २१ र रोल्पाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका एक जना र सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ९ जना, कैलालीका ७७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक यस्तो छ-

काठमाडौं उपत्यकामा थपिए ३९६ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ४२ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौं– चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको

आकाशमै फनफनी घुमे यी विमान

काठमाडौं – उत्तरार्धमा मनसुन सक्रिय हुँदा यतिखेर काठमाडौं उपत्यका लगायत