मुलुकभर ९०२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

मुलुकभर ९०२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या ४८,१३८ पुग्यो


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३०७ जना महिला र ५९५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका २ जना, ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुनसरीका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३३ जना, बाराका १२ जना, पर्साका १४ जना, महोत्तरीका ४ जना, रौतहटका ८ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिरहका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जना, मकवानपुरका २४ जना, रामेछापका एक जना, ललितपुरका ३८ जना सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ७ जना, पर्वतमा एकजना, बागलुङका १० जना, स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कर्घाखाँचीका एक जना, कपिलवस्तुका एक जना, गुल्मीका एक जना, दाङका ३ जना, नवलपरासीका एक जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्देहीका २१ र रोल्पाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका एक जना र सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ९ जना, कैलालीका ७७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक यस्तो छ-

काठमाडौं उपत्यकामा थपिए ३९६ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ४२ बजे

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी