कीर्ते कागजातका आधारमा नागरिकता लिएको आरोपमा एक उद्योगी पक्राउ « Khabarhub

कीर्ते कागजातका आधारमा नागरिकता लिएको आरोपमा एक उद्योगी पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – कीर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले हेटौंडाका एक उद्योगीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट ५९ वर्षीय विप्लपकान्ति बोस (विके)ले किर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी इन्द्रबहादुर रानाका अनुसार विप्लपकान्तिलाई मंगलबार हेटौँडा, ५ गर्दोईबाट पक्राउ गरी रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउको लागि मकवानपुर प्रहरीलाई पत्र लेखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।

आरोपित विप्लपकान्ति बोसको नाममा हेटौंडा औद्योगिक क्षेत्रभित्र सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दोइमा नारायणी मिल्क छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ०० बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको