यी हुन् हाल कोरोना संक्रमित नभएका ६ जिल्ला « Khabarhub

यी हुन् हाल कोरोना संक्रमित नभएका ६ जिल्ला


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयले हाल नेपालका ६ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नरहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ६ जिल्ला कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

उनले त्यहाँ भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित नभएको जानकारी दिएका हुन् ।

जसमा प्रदेश नम्बर १ मा १, गण्डकी प्रदेशमा २, र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् ।

यी हुन् संक्रमण मुक्त ६ जिल्ला

तप्लेजुङ
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा गरिएको १० हजार ६११ नमूनाको पीसीआर परीक्षणका क्रममा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : २३ बजे

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी