नेपालमा हालसम्म ३२,९६४ ले 'जिते' कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

नेपालमा हालसम्म ३२,९६४ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित)


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा २८१६ जना

प्रदेश २ मा ९५२३ जना

वाग्मती प्रदेश ५००४ जना

गण्डकी प्रदेशमा १९९२ जना

प्रदेश ५ मा ५७७१ जना

कर्णाली प्रदेशमा २३९८ जना

सुदूरपश्चिम प्रदेशमा ५४८० जना

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ३२ बजे

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति