कविता- “चिनौं अव जन्म भूमिलाई” « Khabarhub

कविता- “चिनौं अव जन्म भूमिलाई”



हेर त पूर्व घामले हिमाल
नुहाइ नै दिएको ।
यसैले होला कुमारी बनि
हर शैल हाॅसेको।।

धराको माटो विकास सुन्दर
हरपल माग्दछ!
विश्वकै राम्री बनाइदेऊ धर्ती
भनि कर जोड्दछ!!

आमाको छाती रसाउँदा जल
धरामा पोखियो
माटोमा पर्दा त्यो जलमा अमृत
बिरुवा रोपियो !

धराले नयाँ काँचुली फेर्ने
चाहना राख्दै छ !
संसारमा सुन्दर बनौ कि भनि
कामना गर्दै छ !!

यो देशको मायाॅ कर्मको पन
रोपेर गरौॅन।
रहेमा भूमि रहन्छौॅ हामी यो
कुरा बुझौॅन्।।

उत्तर तिर हिमाल मेरो
देशलाई चिनाउॅछ।
दक्षिण तिर मैदान मेरो सुन
बाला फलाउॅछ!!

चट्टान फुटाइ फुल्दछ फूल
पाखा र पर्वतमा।
हिमाल छोडी बग्दछ नदी
प्राण रक्षा गर्नमा।।

मनको पन यो मेरो तन चन्द्र
झै चोखो छ !
पवन आइ मायाॅका मिठा
भावना रोप्दछ!!

नुहाऊँ बिहान म पवित्र जल
या घामका किरणले !
बाँचौहरपल यो देशको मायाँ
या तिम्रो मायाँले !!

लैजाने हो र बोकेर देशलाई
हामीले काँधमा ?
मिल्दैन लान केही पनि हाम्ले
यो कुरा बुझौँ न!

यसैले मिलौँ देश सुन्दर बनाऊँ
कुरा यो बुझेर!
देशलाई स्वर्ग बनाइ बसौँ
यहिँ हामी रमेर !!

एकता भाव देशमा रोपी
आमालाई हॅसाऊॅ।
मूटुको मायाॅ पोखेर धर्ती
जगमग बनाऊॅ।।

जे दिन्छौ तिमी धरालाई
कर्म त्यै फल पाउॅछौ।
जे गर्छौ तिमी असल कर्म
त्यै भोग्न पाउॅछौ।।

सहिदले शिर चढाए बली
देशका खातिर ।
वीरले ज्यान फ्यालेर गए
नेपाली खातिर ।।

मनले बुझी देशलाई हाॅसो
दिएर जाउॅला ।
मनका भाव बनाइ माला
फूल उन्दै लाउॅला!!

यो देश हाम्रो जीवनको नाशो
अमुल्य गहना !
शिरको ताज बनाइ देशको
मुकुट लगाउँन् !!

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : २९ बजे

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०