गण्डकी प्रदेशका १४६ प्रहरीमा कोरोना, ६० निको भए | Khabarhub Khabarhub

गण्डकी प्रदेशका १४६ प्रहरीमा कोरोना, ६० निको भए


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका आठ जिल्लाका एक सय ४६ प्रहरीमा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना निको भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता किरण राणाले एक सय ४६ मा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना कोरोना मुक्त भई नियमित काममा फर्केको र ८६ जना हाल उपचाररत रहेको जानकारी दिए ।

सङ्क्रमण देखिएका तनहुँ, बागलुङ, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, लमजुङ, म्याग्दी र मनाङका छन् ।

क्वारेन्टिनमा र आइसोलेशनमा बसेकालाई आवश्यकतानुसार मनोपरामर्श गर्ने, स्वास्थ्यकर आहारविहारको व्यवस्था, शारीरिक व्यायाम, योगलगायतका अभ्यास गराउने गरिएको छ । आईसोलेशनको मापदण्ड बमोजिम सेवा सुविधा, पत्रपत्रिका र रेडियो टिभिको ब्यवस्था गरिएको छ ।

प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सर्तकता अपनाइएको छ ।

“स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ड्यूटी निर्वाह गर्ने र सङ्क्रमित भई हालेमा अन्य प्रहरीमा फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने, काममा परिचालन गर्ने र कार्यालयगत कामकाज गर्ने ब्यवस्था मिलाएका छौ”, राणाले भने ।

सङ्क्रमणबाट प्रभावित प्रहरी कार्यालयमा कामकाजमा बाधा हुन नदिन गण, गुल्मबाट प्रहरी पठाइएको र फिर्तापश्चात कोभिड– १९ परीक्षण गरिएको छ ।

अति आवश्यक घरायसी समस्याले घर गएका प्रहरी कार्यालयमा हाजिर हुन आउँदा क्वारेन्टिनमा राखी पिसिआर परीक्षण पश्चात नेगेटिभ आए काममा लगाउने र पोजिटिभ देखिएमा आईसोलेशनमा राखिन्छ ।

कार्यालय परिसर, कोठा एवम् प्रहरी हिरासतलाई समय समयमा डिस्ईन्फेक्सन गरिएको र प्रहरीबाट तयार पारिएको कोभिड– १९ महामारी विरूद्धको कार्ययोजना बमोजिम काम गरिएको छ ।

चुनौतीहरुको रुपमा स्वास्थ्य परीक्षण विनानै प्रहरी सीमामा र अन्य काममा खटिनुपर्ने र जघन्य अपराधमा संलग्नलाई पक्राउ एवम् नियन्त्रणमा लिँदा निजको सम्पर्कमा आएकालाई सङक्रमण हुने सम्भावना बढी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सर्तकता अपनाएर शान्तिसुरक्षाका लागि प्रहरी खटिएको बताए ।

उनले भने, “जिल्लामा नौ सय ५० हाराहारी प्रहरी छन्, ८० प्रहरी एकाइ छ, जोखिम छ, सतर्कता अपनाएर कामका खटिएका छौ ।”

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : १४ बजे

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि