पर्यटनको विकासमा अष्ट्रेलियाद्वारा सहयोगको प्रतिबद्धता « Khabarhub

पर्यटनको विकासमा अष्ट्रेलियाद्वारा सहयोगको प्रतिबद्धता


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा आज भएको विदाइ भेटका अवसरमा राजदूत वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नेपाल बसाइँ अत्यन्तस्मरणीय भएको बताउँदै नेपाल बसाइका क्रममा थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

राजदूतले पीटरले कोभिड–१९ ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियाली नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकामा मन्त्री भट्टराईलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको तथा उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सीधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रर्वर्द्धन मा राजदूतको सहयोगको अपेक्षा गरेका थिए । राजदूत वडले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग विदाइ भेट गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : ४८ बजे

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष