पर्यटनको विकासमा अष्ट्रेलियाद्वारा सहयोगको प्रतिबद्धता « Khabarhub

पर्यटनको विकासमा अष्ट्रेलियाद्वारा सहयोगको प्रतिबद्धता


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा आज भएको विदाइ भेटका अवसरमा राजदूत वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नेपाल बसाइँ अत्यन्तस्मरणीय भएको बताउँदै नेपाल बसाइका क्रममा थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

राजदूतले पीटरले कोभिड–१९ ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियाली नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकामा मन्त्री भट्टराईलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको तथा उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सीधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रर्वर्द्धन मा राजदूतको सहयोगको अपेक्षा गरेका थिए । राजदूत वडले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग विदाइ भेट गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : ४८ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ