रुसले नागरिकहरुका लागि जारी गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन « Khabarhub

रुसले नागरिकहरुका लागि जारी गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ।

रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हाे।

रुसी स्वास्थ्य मन्त्रालयका अनुसार भ्याक्सिनले सबै गुणस्तर परीक्षणलाई पार गरेको छ र अब यसको डोज आम नागरिकहरुलाई दिनका लागि जारी गरिएको छ।

रुसले आम नागरिकका लागि भ्याक्सिन जारी गरे पनि तेस्रो चरणको क्लिनिकल ट्रायल भने हुन बाँकी रहेको छ । दोस्रो चरणको परीक्षणमा यसले मानवस्वास्थ्यमा कुनै असर नपुग्ने र चाडै एन्टिबडी तयार गर्न सक्षम भएको पाइएको थियो । यसले रोग प्रतिरोधी क्षमता विकासमा सफलता मिलेको दाबी गरिएको थियो ।

उक्त भ्याक्सिन गेमेलिया नेस्नल रिसर्च सेन्टरले उत्पादन गरेको हो । भ्याक्सिन ११ अगष्टमा अनुमोदन गरिएको थियो । आज पहिलो संस्करणको भ्याक्सिन निकालिएको छ । यसै हप्ता यसको प्रयोग सर्वसाधारणमा गरिने जनाइएको छ ।

यसैबीच रुसले बनाएको भ्याक्सिन भारतमा पनि परीक्षण हुने भएको छ।

रसियन डाइरेक्टर इन्भेष्टमेन्ट फण्डका सीईओ किरिल दिमित्रिभका अनुसार उक्त भ्याक्सिनको क्लिनिकल ट्रायल भारत, त संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, फिलिपिन्स र ब्राजिलमा यसै महिना शुरु हुनेछ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्ट ११ मा उक्त भ्याक्सिन लन्च गरेका थिए। उक्त भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी भएको बताएका थिए।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : २२ बजे

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष