रुसले नागरिकहरुका लागि जारी गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन « Khabarhub

रुसले नागरिकहरुका लागि जारी गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ।

रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हाे।

रुसी स्वास्थ्य मन्त्रालयका अनुसार भ्याक्सिनले सबै गुणस्तर परीक्षणलाई पार गरेको छ र अब यसको डोज आम नागरिकहरुलाई दिनका लागि जारी गरिएको छ।

रुसले आम नागरिकका लागि भ्याक्सिन जारी गरे पनि तेस्रो चरणको क्लिनिकल ट्रायल भने हुन बाँकी रहेको छ । दोस्रो चरणको परीक्षणमा यसले मानवस्वास्थ्यमा कुनै असर नपुग्ने र चाडै एन्टिबडी तयार गर्न सक्षम भएको पाइएको थियो । यसले रोग प्रतिरोधी क्षमता विकासमा सफलता मिलेको दाबी गरिएको थियो ।

उक्त भ्याक्सिन गेमेलिया नेस्नल रिसर्च सेन्टरले उत्पादन गरेको हो । भ्याक्सिन ११ अगष्टमा अनुमोदन गरिएको थियो । आज पहिलो संस्करणको भ्याक्सिन निकालिएको छ । यसै हप्ता यसको प्रयोग सर्वसाधारणमा गरिने जनाइएको छ ।

यसैबीच रुसले बनाएको भ्याक्सिन भारतमा पनि परीक्षण हुने भएको छ।

रसियन डाइरेक्टर इन्भेष्टमेन्ट फण्डका सीईओ किरिल दिमित्रिभका अनुसार उक्त भ्याक्सिनको क्लिनिकल ट्रायल भारत, त संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, फिलिपिन्स र ब्राजिलमा यसै महिना शुरु हुनेछ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्ट ११ मा उक्त भ्याक्सिन लन्च गरेका थिए। उक्त भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी भएको बताएका थिए।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : २२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत