काममा फर्किए ट्रम्प, स्वास्थ्यमा कुनै समस्या नभएको भनाइ « Khabarhub

काममा फर्किए ट्रम्प, स्वास्थ्यमा कुनै समस्या नभएको भनाइ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् ।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो महसुस गरिरहेको छ लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भने ।

छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको निशुल्क औषधि पाउने आफू विश्वस्त रहेको समेत उनले बताए ।

‘म सबै अमेरिकीको उपचारमा पहुँच पुगेको हेर्न चाहन्छु, त्यसका लागि रेजेनरन फर्मास्यूटिकलले निर्माण गरेका औषधि निःशुल्क वितरण गरिनेछ, ट्रम्पले भने, ‘जुन परीक्षणकै क्रममा भएर पनि मलाई दिइएको थियो ।’

रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति नहुँदा बजारमा उपलब्ध नभएको तर छिट्टै त्यसले अनुमति पाउने उनले बताए ।

यसअतिरिक्त अन्तिम परीक्षणको क्रममा रहेका भ्याक्सिन छिट्टै सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।

उनको उपचारमा संलग्न चिकित्सक डा.सिन काँनका अनुसार ट्रम्पमा पछिल्ला चार दिन यता ज्वरो आएको छैन । उनलाई २४ घण्टा यता कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको डा.काँनले बताए ।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै सोमबार बेलुका ह्वाइट हाउस फर्किएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : ०१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले