चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् ।

भरतपुर अस्पतालले बुधबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १२ पुरूष र ३ वर्षीया बालिकासहित ५ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका २ पुरूष र २ महिला, राप्तीका १ पुरूष र रत्ननगरका २ पुरूष र १ महिलामा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा लमजुङ सुन्दरबजार १० की २१ वर्षीया महिला तथा नवलपुर गैँडाकोट २, ४ र ५ का क्रमश ४९ र ५० वर्षीया महिला तथा २९ वर्षीय पुरुष, हुप्सेकोट ४ का ३२ वर्षीय पुरुष, कावासोती १ र ८ का २५ र २३ वर्षीय पुरुष तथा देवचुली २ र १४ का ३४ र २५ वर्षीया महिला रहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : १८ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम